arrow

नेपाल खेलकुद महासंघका प्रदेश अधिवेशन सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
WhatsApp Image 2022-03-05 at 22.20.45.jpg

झापा । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहीदहरुको सम्झनामा झापामा शनिबार प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । 

दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत १० गते लुम्बिनी प्रदेशको र चैत १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्नेछ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शनिबार झापाको बिर्तामोडमा सम्पन्न प्रदेश–१ को प्रथम अधिवेशनले कराँतेका राजकुमार थापाको अध्यक्षतामा६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । 

उपाध्यक्षमा धनकुटाका भोगेन्द्र थापा तथा सुनसरीकी टिका शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मोरङका जितन थापा सचिव, खोटाङका सिताराम श्रेष्ठ तथा ताप्लेजुङका  दिल कु. सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्ष निर्वाचित भए । 

अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराए । 
 



नयाँ