arrow

भारतले पाकिस्तानलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
india-pakistan-cricket-women-2022.jpg

काठमाडौं । न्यूजिल्याण्डमा शुरु भएको महिला विश्वकप एक दिवसीय क्रिकेटमा भारतले शानदार शुरुआत गरेको छ । भारतले चिरपरिचित प्रतिस्पर्धी पाकिस्तानलाई हराएको हो । भारत १०७ रनको फराकिलो अन्तरले विजयी भयो । 

खेलमा पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २४४ रन बनायो । पूजा भास्तारकरले ५९ बलमा ६७, स्नेह रानाले ४८ बलमा ५३ तथा स्मृति बन्दनाले ७५ बलमा ५२ रन जोडिन् । कप्तान मिथाली राजले भने ३६ बलमा मात्र ९ रन जोडिन् । 

पाकिस्तानका लागि नश्रा सुन्धू र निदा दारले २–२ विकेट लिए । जवाफमा पाकिस्तान १३७ रनमै अलआउट भयो । पाकिस्तानले ४३ ओभरमात्र खेल्न सकेको थियो । 

पाकिस्तानका लागि ओपनिङ ब्याटर सिद्रा अमीनले सर्वाधिक ३० रन बनाइन् । कम योगफलमै रोक्ने क्रममा राजेश्वरी गायकवाडले ३१ रन खर्चेर ४ विकेट लिइन् । 

अलराउन्डर स्नेह राना झुलान गोस्वामीले २–२ विकेट लिए । जितसँगै भारत २ अंकसहित शीर्ष स्थानमा रहेको छ । पाकिस्तान पुछारमा रहेको छ । 

आठ टिम सहभागी प्रतियोगितामा भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र वेष्ट इन्डिजले विजयी शुरुआत गर्दा पाकिस्तानसँगै न्यूजिल्याण्ड, इङल्याण्ड र बंगलादेशले निराशाजनक शुरुआत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ