arrow

सर्लाहीमा साढे तीन घण्टामा पनि शुरु भएन मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
sarlahi-.JPG

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको नयाँ नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ । सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतदान शुरु हुने भनिए पनि मध्यान्ह १२:३० बजेसम्म पनि मतदान शुरु हुन सकेको छैन । निर्वाचन समितिले केही प्राविधिक समस्या भएकाले मतदान शुरु हुन ढिलाइ भएको जनाएको छ ।

मतदान गर्नका लागि मतदाताहरू ९ बजेदेखि नै लामबद्ध भएर बसिरहेका छन् । तर कति बजेदेखि मतदान शुरु हुने भन्ने टुङ्गो लागेको छैन ।

अधिवेशनमा भाग लिन जिल्लाभरबाट कांग्रेसका नेता कार्यकर्ता सदरमुकाम मलंगवामा पुगेका छन् । मतदान शुरु हुन ढिला भएकाले बेलुका ५ बजेसम्म भनिएको मतदानको समय पनि लम्बिने देखिएको छ । बेलुका मतदान सक्किनासाथ मतगणना शुरु गर्ने गरी निर्वाचन समितिले तयारी गरेको छ ।

आजको निर्वाचनमा सर्लाहीको २० वटा पालिकाका २०० वटा वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरूले मत खसाल्न पाउने छन् । त्यसका लागि जिल्लामा ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाताहरू रहेका छन् ।

नेपाली काँग्रेस सर्लाहीको सभापतिमा संस्थापन अर्थात् प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको खेमाबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात् शेखर कोइराला खेमाबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ