arrow

रुसी आक्रमणको विरोधमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
russia-war-stop.JPG

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरूको व्यापक मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ ।

आज रुपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । 

यस्तै अन्तर्राष्ट्रिय नारी दिवसका दिन शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा “रुस युक्रेन युद्ध : महिला र बालबालिका सङ्कटमा” विषयक विचार गोष्ठी सम्पन्न भएको थियो । 

यसै गरी आजै अन्तर्राष्ट्रिय नारी दिवसका दिन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा “रुस युक्रेन युद्ध : महिला र बालबालिका सङ्कटमा”विषयक कार्यक्रम गरेको छ । 

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको देशव्यापी अभियान अन्तर्गत गत एक सातामा नवलपुर, पाल्पा, अछाम, नुवाकोट, चितवन, बाँके र नवलपरासी पश्चिममा प्रदर्शन भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ