arrow

धनुषामा देउवा समूहको अग्रता

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ फागुन २४ मंगलबार
congress-dhanusa-mat.jpg

धनुषा । धनुषा कांग्रेसको सभापति तर्फ ५०२ मतपत्र सम्मको गणना गर्दा देउवा समूहका सन्तोष यादवले अग्रता लिएका छन् । 

ताजा मत परिणाम अनुसार सभापतिका उम्मेदवारहरू योगेन्द्र पजियार १ सय ९४ , सन्तोष यादव २ सय १५ र दिनेश प्रशौला ५९ मत ल्याएका छन् । ३४ मत बदर भएको छ ।

नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार भएको मतदानको मतगणना मङ्गलवार दिनको सावा दुई बजे शुरु भएको छ । धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट मतगणना शुरु भएको हो । 

धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा ३ हजार ५० कुल मतदाता रहेकामा सोमवार २हजार ९ सय १३ जनाले मतदान गरेका थिए । धनुषाको सभापति देखि विभिन्न ९१ सिटका लागि कुल २ सय ४० जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ