arrow

धनुषामा अहिलेसम्मकै धेरै सालको काठ बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
sal-kath.JPG

धनुषा । धनुषामा अवैध सालको गोलिया १ सय ८५ थान डिभिजन वन कार्यालयले बरामद गरेको छ। वन कार्यालयले धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलबाट १ सय ८५ थान सालको गोलिया बरामद गरेको डिभिजन प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए।

डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख सुनिलकुमार कर्णले मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ नियन्त्रणमा लिएको बताए ।

कर्णका अनुसार २ सय ५५.०९ क्यूफिट काठ बरामद भएको भएको र जसमा १ सय ८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान रहेका हुन् । डिभिजन प्रमुख कर्णले वन कार्यालय धनुषाले यति ठुलो मात्रा अवैध सालको काठ बरामद गरेको यो पहिलो घटना भएको दावी गरे।

बढीमा २० थानसम्म अवैध काठहरू बरामद भएको जिल्ला तथ्याङ्कमा रहेको छ । ठुलो परिमाणमा अवैध काठ बरामद भएको यो नै पहिलो पटक भएको कर्णले बताए ।

वन कर्मचारी, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोग काठ नियन्त्रणमा लिन सफल भएको जानकारी दिए।

बरामद सालको काठ राष्ट्रिय वनबाट कटान गरी त्यहाँ थुपारिएको हुनुपर्छ । वनबाट काठ कटान गर्नेहरूको पहिचान पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताए । 

बरामद गरिएको काठ सब डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको छ। प्रमुख कर्णका अनुसार केही दिन यता राष्ट्रिय तथा सामुदायिक वनबाट बहुमूल्य काठको तस्करी बढेको जनगुनासो बढेपछि वन कर्मचारी र वन उपभोक्ता समितिका पदाधिकारी अवैध काठ ओसारपसार तथा चोरी तस्करी नियन्त्रण गर्न वनमा गस्ती बढाएका छन् ।



नयाँ