arrow

जुन गाउँका छोरीहरु बेहुला भित्र्याउँछन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
Screenshot 2022-03-08 221200.jpg

काठमाडौं । प्रायः विवाह भइसकेपछि दुलही बेहुलाको घरमा आउने चलन छ । तर त्यस्तो गाउँ पनि छ जहाँ छोरा र छोरीलाई समान अधिकार छ । त्यही अधिकारको प्रयोग गर्दै छोरी बिहेपछि श्रीमान्को घर नगई आफ्नै घरमा श्रीमान्लाई ल्याउने गर्छन् । 

यो हो महिला सशक्तिकरणको उदाहरण । भारतको उत्तरप्रदेशस्थित कौशाम्बी जिल्लाको करारीनगरको पुरवा गाउँमा सामाजिक दायरा तोड्दै छोरीहरुले आफ्नो अधिकारको प्रयोग गरेका हुन् । 

त्यहाँ चार सय त्यस्तो परिवार छ जहाँ बिहेपछि बेहुला ससुराल आएर बसेको छ । त्यहाँ पुरुषले जति महिलाले पनि काम गर्छन् । एक अर्कालाई सघाउँछन् र बराबरीको साझेदारी गर्छन् । 

उक्त गाउँमा बीडी बनाउने काम हुन्छ । त्यही बीडीबाट चल्छ घरखर्च । उक्त गाउँमा २५ वर्षदेखि ७० वर्षका घरज्वाइँ छन् । 

अर्को रमाइलो पक्ष त के भने उक्त गाउँमा छोराले जत्ति नै छोरीले पनि शिक्षा र अन्य सुविधा पाउँछन् । छोरीलाई कुनै पावन्दी छैन । (भास्करबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ