arrow

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, बीआरआई मुख्य एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
wang-yi-chinese-foreign-minister.jpg

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । छ सदस्यीय चिनियाँ उच्चस्तरीय टोलीको नेतृत्व गर्दै वाङ एक साताभित्र नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बताएको छ । 

नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो । 

चीनले एमसीसी पारित गर्न नहुने भन्दै लबिङ गर्दै आएको थियो । एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्नसमेत चीनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सम्पर्क गरेर एमसीसी पारित नगर्न दबाब दिएको थियो । 

चिनियाँ विदेश मन्त्रीले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले दबाबमा दिएको उपहार पनि लिन्छ ? भन्दै नेपाललाई भड्काइरहेका थिए । नेपालले एमसीसी पारित गर्ने विषयमा चीन र अमेरिकाबीच वाकयुद्ध नै चलिरहेको थियो । 

तर एमसीसी पारित गरेपछि चीनले ‘नोट गरेको’ मात्र प्रतिक्रिया दिएको थियो । एमसीसी पारित नै भएपछि अब भने चीनले नेपालले यसअघि सहमति जनाएको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ लाई अगाडि बढाउनका लागि नेपाल आउन लागेको बुझिएको छ । 

चीनले चर्को मूल्यमा ऋण दिएको आरोप लागिरहेका बेलामा बीआरआईमार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रीको टोली नेपाल आउन लागेको बताइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ