- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फागु पूर्णिमा नजिकिदो छ । यसको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तपुरमा आज बिहान चीर ठड्याइएको छ । बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् ।
चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली शुरु भएको मानिन्छ ।
आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याई दाह गरेपछि होली सकिन्छ । आज पशुपतिनाथ, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन पहाड हिमालमा चैत ३ गते तथा तराईमा र्चैत ४ गते परेको छ ।