- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सप्तरी । नेपाली कांग्रेस सप्तरीको जिम्मेवारी डा. शेखर कोइराला पक्षका रामदेव साहलाई गएको छ । सभापतिको निर्वाचनमा साह विजयी भएका हुन् ।
उनले प्रतिस्पर्धी संस्थापन पक्षका शत्रुधन यादवलाई पराजित गरेका हुन् । बिहीबार सम्पन्न मतपरिणामअनुसार साह ११६ मतान्तरले विजयी भएका हुन् । साहले एक हजार एक सय ८६ मत पाउँदा यादवले एक हजार ७० मत प्राप्त गरे ।
सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएर मंगलबार सम्पन्न भएको थियो । त्यसको परिणाम बिहीबारमात्र आएको हो ।
मतगणना बिहीबार बिहानदेखि शुरू भएको थियो । कांग्रेस सप्तरीमा कुल दुई हजार पाँच सय ३५ मतदाता छन् । जसमध्ये दुई हजार तीन सय ४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको हो ।
उपसभापति सहित अन्य पदको मतगणना भइरहेको मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन् ।