- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा। नेपाली कांग्रेस वागमती प्रदेशले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने भएको छ ।
बिहीबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेश भित्रका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सदस्यहरु खटाउने निर्णय गरेको छ ।
साथै बैठकले आगामी चैत्र ७ गते हेटौंडामा प्रदेश कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको छ ।
प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठका अनुसार बैठकले आगामी चैत्र ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यहरुलाई स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रमसमेत आयोजना गर्ने भएको छ ।