arrow

चन्द्रागिरिमा केबलकार चल्न थाल्यो

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
chandragiripathpuja.jpg.jpeg
काठमाडौँ । धार्मिक, ऐतिहासिक र सौन्दर्यको त्रिवेणी चन्द्रगिरिमा केवलकार संचालन भएको छ ।   चन्द्रागिरि हिल्स लिमिटेडले  प्रवर्द्धन  गरेको बहुप्रतिक्षित चन्द्रागिरि केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरमा आज बैधिक विधिपूर्वक पाठपुजा गरिएको छ । कम्पनीका संचालक तथा प्रवर्द्धकहरूको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का स्थानीय वासिन्दाहरूको उपस्थिति रहेको थियो ।
 
सोमबार कम्पनीले केबलकारको व्यवसायिक शुभारम्भ गर्नुका साथै चन्द्रागिरि वरपरका स्थानीय वासिन्दाहरुलाई निःशुल्क केबलकार चढ्ने व्यवस्था गरेको थियो । उक्त अवसरमा १० हजार बढिले केबलकार चढेका थिए । 
 
कम्पनिले प्रतिदिन १० हजारभन्दा बढी व्यक्तिहरुलाई चन्द्रागिरि चुचुरोमा पुर्‍याउने लक्ष्य लिइएको छ । दुईतर्फी टिकटका लागि जम्मा  ७०० रपैया निर्धारण गरिएको चन्द्रागिरि हिल्स लिमिटेडका  अभिषेक बिक्रम शाहले विज्ञाप्तीमा जनाएका छन् ।   केबलकार  मंगलबारबाट  दर्शनार्थीका लागि आंशिक संचालनमा आउने भएको छ । आवश्यकीय केहि सुविधा सम्पन्न हुन बाँकी रहेकाले केही समयपछि केबलकार पूर्ण व्यवसायीक संचालनमा आउने कम्पनीले जनाएको छ  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ