arrow

राष्ट्रसङ्घ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान

logo
एएनआई,
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
united-nations-next-secretary-general.jpeg
फाइल तस्बिर

न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।  अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको  निम्ति पनि उनले आह्वान गरेका हुन्। संयुक्त राष्ट्रसङ्घको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

रुस-युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र सङ्घको स्थापना भएको पनि गुटेरेसले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ