राष्ट्रसङ्घ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान
एएनआई,
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
661
Shares
फाइल तस्बिर
न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरेका हुन्। संयुक्त राष्ट्रसङ्घको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
रुस-युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र सङ्घको स्थापना भएको पनि गुटेरेसले बताएका छन्।