arrow

नेपाल २३३ रनको चुनौती पछ्याउँदै, ज्ञानेन्द्रको संयमित ब्याटिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
team-nepal-cricket-2022.jpg

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा २ सय ३३ रनको चुनौती पछ्याइरहेको छ । नेपालले ३ ओभरमा १८ रन जोड्दा आसिफ शेखलाई व्यक्तिगत ५ रनमा गुमायो । कुशल भुर्तेल ३२ रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ३ रनमात्र जोडे । 

ज्ञानेन्द्र मल्ल उच्च योगफलतर्फ अगाडि बढेका छन् । नेपालले १८ ओभरमा ३ विकेट गुमाएर ८१ रन बनाएको छ । 

खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलंका संयुक्त ११ ले ४८.२ ओभरमा अलआउट हुँदै २ सय ३२ रन बनायो । ए फर्नान्डोले सर्वाधिक ५६ रन बनाए । विराक्कोडीले ४९  तथा कुमारस्वामीले ३० तथा निमन्थाले १८ रन बनाए । 

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । यस्तै सागर ढकालले ३ तथा सोमपाल कामीले २ विकेट, सन्दीप लामिछाने र आरिफ शेखले समान १–१ विकेट लिए ।

यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा सहज जित हात पारेको थियो । अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसविरुद्ध राम्रो ब्याटिङ गरेको थियो भने श्रीलंका नेभीविरुद्धको दुई अभ्यास खेलमा नेपालको ब्याटिङ चलेको थिएन ।

नेपाल सबै खेल जितेर यूएईमा डिभिजन टु खेल्न १४ मार्चमा जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ