arrow

अन्तिम खेलमा नेपाल ९२ रनले पराजित, ब्याटिङमा चमक ल्याउन बाँकी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
team-nepal-cricket-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त ११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल जित्न २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १४० रन बनाउँदा सबै विकेट गुमायो । 

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।  यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहितकुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सगर ढकालले समान एक रन  बनाए ।

श्रीलंका संयुक्त ११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल बनाएको थियो ।

श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।

समग्रमा नेपालले यी चार अभ्यास खेल खेलिसकेपछि ब्याटिङमा अझै चमक ल्याउन जरुरी रहेको देखिएको छ । शुरुआती दुई खेलहरु बलिङबाट नै जितेको थियो । तेस्रो खेलमा ब्याटिङ पनि खुलेपछि फराकिलो जित निकाल्न सफल भयो । 

तर चौथो खेलमा नेपाल कमजोर देखियो । अर्थात् ब्याटिङ सुधारिनु पर्नेछ । 

नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै यूएई जाने तालिका छ ।

नेपालले लिग २ अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ