- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता ११ गोल्ड मेडलसहित कास्की प्रथम भएको छ । चार गोल्डमेडलसहित म्याग्दी दोश्रो र चार गोल्डमेडलसहित पर्वत तेश्रो भएको छ । प्रतियोगितामा कास्कीले थप ११, म्याग्दीले पाँच र पर्वतले तीन सिल्भर मेडल पाए ।
पुरुष र महिलातर्फको गरी कुल २६ खेलमा ११३ जना खेलाडी सहभागी रहेका थिए । जसमा गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागि छनोटमा परेका छन् ।
छनोटमा सिनियर पुरुष ५४ केजी समूहतर्फ कास्कीका मन्दिप सुनार, ५८ केजीमा पर्वतका सुरज कंडेल र ६३ केजीमा पर्वतकै प्रकाश माझी छन् भने ६८ केजीमा कास्कीका हेमन गुरुङ छन् ।
यसैगरी ७४ केजी समूहतर्फ म्याग्दीका कृपेश शर्मा र ८० केजी समूहमा कास्की सकिल लामगादे र ८७ केजीमा नीरज नेपाली र ८७ केजी मै पर्वतका सुजन रोक्का पनि छनोट भए ।
पुरुष जुनियरतर्फ ४८ केजी समूहमा म्याग्दीका दिपेश पुर्जा, ५५ केजी समूहमा कास्कीका सुजन गुरुङ, ६३ केजी समूहमा तनहुँका राजन परियार छन् भन्ने नवलपुरका मनिष महतो र नवलपुरकै सुरेश जेडीमगर ७८ केजी समूहमा विजयी भए ।
यस्तै, महिला सिनियरतर्फ ४६ केजी समूहमा म्याग्दीका इशा गर्बुजा, ४९ केजीमा कास्कीका सरिता बयलकोटी, ५३ केजी समूहमा मनालिसा मल्ल, ५७ केजीमा अन्जना परियार, ६२ केजी समूहमा पार्वती श्रेष्ठ, ६७ केजी समूहमा पर्वतका स्मृती नेपाली र ७३ केजीमा म्याग्दीकी ममता गर्वुजा छन् ।
महिला जुनियरतर्फको ४४ केजी मुुनी गोरर्खाकी आकृती श्रेष्ठ, ४९ केजीमा कास्कीकै अनिशा परियार ५५ केजी र सदीक्षा सुनार ६३ केजीमा छनोट भएका छन् भन्ने बाग्लुङका बुद्ध गुरुङ, ५५ केजी र ६८ केजीमा ग्रीन गुरुङ छनोट भएका छन् ।