arrow

आदित्यनाथको रेकर्ड, ‘द मोन्क हु ट्रान्सफर्म उत्तर प्रदेश’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
yogi-aadityanath-book.jpg

काठमाडौं । योगी आदित्यनाथ भारतको उत्तर प्रदेशका मुख्यमन्त्री । जसले तोडे थुप्रै रेकर्ड । उनले उत्तर प्रदेशमा ३७ वर्षको अवधिमा पूरा कार्यकाल कुनै पनि मुख्यमन्त्रीले पूरा गरेर दोस्रो पटक चुनाव जित्न नसकेको रकेर्ड तोडेका छन् । 

सन् २०१७ मा मुख्यमन्त्री भएका आदित्यनाथ यसपटक पनि बहुमतका साथ मुख्यमन्त्री बन्नेछन् । ३७ वर्षदेखि पहिलो पटक लगातार दोस्रो पटक सरकार बनाउने आदित्यनाथ नै हुन् । 

सन् १९८५ मा कांग्रेसले लगातार दोस्रो पटक चुनाव जितेपछि भाजपा नै हो अहिले दोस्रो पटक लगातार चुनाव जित्ने । 

२००७ देखि हरेक पाँच वर्षमा सरकार बदलिँदै आएको छ । पहिले मायावती त्यसपछि अखिलेश यादव र त्यसपछि आदित्यनाथ । दोहोरिने एकमात्र मुख्यमन्त्री योगी आदित्यनाथ । 

आदित्यनाथलाई भविष्यका भारतका प्रधानमन्त्रीका रुपमासमेत देख्न थालिएको छ । उनको विचित्रको क्षमता रहेकोसमेत बताइन्छ । 

उत्तरप्रदेश चुनावमा सनसनी मच्याएका यिनै योगी आदित्यनाथका बारेमा लेखिएको पुस्तक ‘द मन्क हु ट्रान्सफर्म उत्तर प्रदेश’ यतिबेला चर्चामा छ । 

यो पुस्तकका लेखक हुन् शान्तनु गुप्ता हुन् । यो पुस्तकमा आदित्यनाथको गुणगान गाइएको छ । तर लेखक गुप्ता भन्छन्, ‘यो पुस्तक मैले योगीको व्यक्तित्व विकासका लागि हैन कि उत्तरप्रदेश र यहाँका मानिसहरुलाई लिएर देशभर जो नकारात्मक तस्बिर बनेको छ त्यसलाई तोड्नका लागि हो ।’

योगीले पहिलो पटक मुख्यमन्त्री बन्दा नै एउटा गलत परम्परा तोडेका थिए । उनले मुख्यमन्त्री बन्दा लग्जरी गाडी किनेर चढ्ने पूर्ववर्तीहरुको अभ्यासलाई त्यागे । 

अखिलेशले सात करोड भारुमा लग्जरी गाडी किनेका थिए भने मायावतीले ल्याण्डक्रुजर चढेकी थिइन् । 

यसरी गुप्ताले आदित्यनाथका बारेमा लेख्दा उनको सफलताबारे मात्रै लेखिएको भन्दै ट्रोल पनि गरिएको थियो । 

सान्तनु भन्छन्, ‘यो मेरो चुनाव हो । नकारात्मक लेख्नका लागि अरु थुप्रै लेखक छन् । त्यसै पनि अंग्रेजीमा उनका बारेमा ९९.९ प्रतिशत नकारात्मक नै लेखिएको छ । तब मलाई लाग्यो अंग्रेजी भाषामा उनका बारेमा लेख्न निकै जरुरी छ ।’

गरुड प्रकाशनका अनुसार सन् २०२० मा आएको यो पुस्तक करिब ८० हजार हाराहारीमा बिक्री भइसकेको छ । 

गुप्ता भन्छन्, ‘यो पुस्तक मैले योगीको व्यक्तित्व विकासका लागि भन्दा पनि उत्तर प्रदेश र यहाँका मानिसहरुका बारेमा देशभरमा जे तस्बिर बनेको छ त्यसलाई तोड्नका लागि लेखेको हुँ । हजुर जसरी रामायणका नायक राम थिए त्यसरी नै यो किताबका नायक योगी हुन् ।’

यो पुस्तक अमेरिका र बेलायतका कयौं विश्वविद्यालयमा पुगिसकेको छ । उनले अमेरिकामा १७ दिनको टुर गरेका थिए । हार्वर्डसमेत कयौं विश्वविद्यालय, मन्दिर र भारतीय प्रवासीहरुबीचमा लेक्चरसमेत दिए । 

यो पुस्तक अमेरिकादेखि बेलायतसम्म कयौं लाइब्रेरीमा पनि राखिएको छ । यही पुस्तकलाई लिएर उनले डेढ सयभन्दा बढी लेक्चर र कन्फ्रेन्समा सहभागीता जनाएका छन् । 

यो पुस्तकमा योगीको गोरखनाथ मठको समेत चर्चा गरिएको छ । खासमा मठको निर्माणको जिम्मा शुरुदेखि अहिलेसम्म एक मुस्लिमको काँधमा छ । 

ती ठेकेदारसँगको कुराकानी पनि यो पुस्तकमा समेटिएको गुप्ता बताउँछन् । ठेकेदारका अनुसार योगी मुस्लिम विरोधी हैनन् । 

मठका वरिपरि मुस्लिमको पसल पनि छ । पुस्तकमा अखिलेशको मुस्लिम प्रेमका घटना पनि समेटिएको छ । लेखक गुप्ताले सन् २०१२ को चुनावमा अखिलेशको त्यो वाचाको स्मरण गराएका छन् । अखिलेशले जेलमा रहेका कयौं मुस्लिम आरोपीलाई रिहा गर्ने बचन दिएका थिए । अदालतले यस्तो गर्न अस्वीकार गरेको थियो । 

पुस्तकमा योगी र अखिलेशको संसदमा सक्रियताको तुलना गरिएको छ । सन् २०१४ देखि १७ सम्म सांसदका रुपमा योगीको उपस्थिति राष्ट्रिय औसत ५०.७ को बदलामा ५७ प्रतिशत रह्यो । जबकि सन् २०१९ देखि २०२१ सम्म अखिलेशको उपस्थिति ३६ प्रतिशतमात्रै रह्यो । योगीले राष्ट्रिय औसत १९९ को विरुद्धमा ३०६ प्रश्न संसदमा गरेका छन् । 

‘द मन्क हु ट्रान्सफर्म उत्तर प्रदेश’ का लेखक सान्तनु गुप्ता लेखकसँगै एक राजनीतिक विश्लेषक पनि हुन् । 

उनी रामायण स्कुलका संस्थापक पनि हुन् । उनले अहिलेसम्म आधादर्जन पुस्तक लेखेका छन् । यसमा भारतीय जनता पाटीः पास्ट, प्रिजेन्ट एण्ड फ्युचर र योगी आदित्यनाथबारे लेखिएको ‘द मन्क हु बिकेम चिफ मिनिस्टर’ प्रमुख हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ