- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्यूठान । कांग्रेस प्यूठानले घर–घर जाउँ कांग्रेस जिताउँ अभियानको तयारी तीव्र पारेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको माहोल तयार गर्ने उद्धेश्यले फागुन २९ देखि चैत्र २९ सम्म एक महिने कार्यक्रम कांग्रेसले देशब्यापी रुपमा गर्दैछ ।
अभियानले जनतामा चुनावी माहोल तयार गर्ने, अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विषयमा देखिएको भ्रम र यथार्थका बारेमा जनतामा जानकारी गराउने केन्द्रीय प्रतिनिधि किरण पौडेलले जानकारी गराए ।
प्रतिनिधि पौडेलले शुक्रबारदेखि प्यूठान आई जिल्ला कार्यसमिति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संघ संगठनका प्रमुख प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।
यो अभियानले चुनावी वातावरण राम्रो हुने कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले बताए । आइतबार कालिका विकास केन्द्रको सभा हल बिजुवारमा कार्यक्रम गरी प्रत्येक टोलसम्म पुग्ने गरी प्रतिनिधि पठाउने गिरीले बताए ।
एक महिने कार्यक्रमका लागि केन्द्रले किरण पौडेल र प्रदेश समितिले पुष्पा श्रेष्ठ र टेकबहादुर बस्नेतलाई जिम्मेवारी तोकेको छ ।