arrow

युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरू छुटे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
russia-attack-ukraine.PNG

लण्डन । युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरू नेपाली दूतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरूलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । 

राजदूत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरू दूतावासको सम्पर्कमा आउन छाडेको जानकारी दिए ।

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही बिचौलियाहरूले युरोपका विभिन्न देशमा रहेका नेपालीहरूलाई भित्र्याउन रसिया-बेलारुस युक्रेन हुँदै युरोप ल्याउन दलालहरू सक्रिय हुन् सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

उनले युक्रेनमा रहेका नेपालीहरूको सफलता पूर्व उद्धार गर्न सहयोग गर्ने गैर आवासीय नेपाली सङ्घलगायत अन्य सङ्घ संस्थालाई धन्यवाद दिए ।

खड्काले युद्धमा विस्थापित भएका नेपाली मध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्धार गरेको हो । नेपाल फर्किएका १० जना मध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

यसैबीच युद्धमा अलपत्र परेका नेपालीहरूलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरूले यात्रा अनुमति पत्र लिएका छन् ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विद्यार्थीहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए । उनले ३५ वर्षदेखि युक्रेनमा बसोबास गर्दै आएका एक जना नेपाली परिवारले समेत युक्रेन छोडेर हिँडेको जानकारी दिए ।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले सङ्घले अलपत्र परेका नेपालीहरूलाई खाना बस्नको व्यवस्था गरेको बताए ।

यस्तै एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए । उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए ।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरूको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन सङ्घ सक्रिय रहेको बताए ।

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् । 

पछिल्लो तथ्याङ्क अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ