arrow

नबिल बैङ्कको ४ नयाँ शाखा  उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
nabil-branch-opening.jpg

काठमाडौँ। नबिल बैङ्कले आइतबार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौँ उपत्यकामा एकसाथ उद्घाटन गरेको छ। नबिल बैङ्कका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रूपमा जरंखु शाखा उद्घाटन गरेका छन्। त्यस्तै बैङ्क सञ्चालक मलय मुखर्जी र काठमाडौँ महानगरपालिका वडा नं.१० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रूपमा शंखमूल शाखा र बैङ्क सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रूपमा ठैब शाखा तथा बैङ्कका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रूपमा गोंगबु जालपा शाखाको उद्घाटन गरेका छन्।

उक्त उद्घाटन कार्यक्रम समारोहमा बैङ्क सञ्चालक समितिका सदस्यहरू, बैङ्कका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरेको हो। बैङ्कले चारै वटा नयाँ शाखाहरू एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो।

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैङ्कको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्नेछ। मुलुककै अग्रणी बैङ्कमध्येको एक नबिल बैङ्कले समाज र विभिन्न वर्गका बैङ्किङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ।

आइतबार उद्घाटन भएका चार(४) नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ। बैङ्कले १८७ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आइरहेको छ। नबिल बैङ्क आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ।

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैङ्क नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैङ्किङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ