arrow

एमसीसीको भ्रम चिर्न कांग्रेस कपिलवस्तुको एक महिने अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
mcc-congress-kapilba.JPG

कपिलवस्तु । स्थानीय पालिकाको निर्वाचन र एमसीसी बारे रहेको भ्रम चिर्नका लागि कांग्रेस कपिलवस्तुले तौलिहवाको भिक्षु चोकबाट ‘घर घर जाऔँ कांग्रेस जिताऊ’ अभियान शुभारम्भ गरेको छ । कांग्रेस कपिलवस्तुले एक महिने अभियानको शुभारम्भ गरेको हो । अभियान चैत्र २९ सम्म चल्नेछ ।

अभियान सफल बनाउन केन्द्रबाट खटिएका कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले आउने वैशाख ३० गते हुने पालिको निर्वाचनमा कांग्रेसको बहुमत आउने दाबी गरेका छन् । आउने निर्वाचनमा कांग्रेसलाई बलिया बनाउन सबै एकबद्ध हुनु पर्ने बताए । 

उनले दुई तिहाइको ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक काम र भ्रष्ट्राचारमा देश डुब्न लागे पछि कांग्रेसले संविधानको रक्षाका लागि सरकारको नेतृत्व लिएको बताए । ‘ जनताको अधिकार रक्षाका लागि कांग्रेस सरकारमा गएको हो, कांग्रेसले नै देशलाई बचाउँछ भन्ने जनतालाई बुझाउन जरुरी छ ’ उनले भने । 

उनले एमसीसी बारे जनतामा रहेको भ्रम चिर्न र कांग्रेसले गरेका राम्रा कामहरूको प्रचार र ओली नेतृत्वले गरको भ्रष्ट्राचार काम बारे जनतालाई अवगत गराउनु पर्ने बताए ।

सो अवसरमा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र आचार्यले टिकटका विषयमा पार्टीलाई विवादमा ल्याउने काम कसैले गर्न हुने बताए । उनले राम्रो उम्मेदवारलाई छान्ने विषयमा आफ्नो प्रतिवेदनमा नाम उल्लेख गर्न आग्रह गरे । जनतामा एमसीसी बारे रहेको गलत प्रचारको सही जवाफ दिनु पर्ने बताए । 

‘ कम्युनिष्टहरुले एमसीसीलाई सत्तामा जाने भर्‍याङका रूपमा प्रयोग गरे, तिनीहरूले पनि एमसीसी पास गर्न समर्थन गरे यो कुरा जनतालाई बुझाउनु पर्छ ’ उनले भने ।

सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्यायले पालिकाको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन कांग्रेस कार्यकर्तामा उत्साहको पुनर्जागरण गराउनु पर्ने बताए । कांग्रेसल जित्यो भने देश जित्छ हारे भने देशले नै हार्छौ यो कुरा जनतालाई राम्ररी बुझाउन जरुरी रहेको उनले बताए । कांग्रेस एकबद्ध र एक ढिक्का भए कांग्रेसलाइ कसैले हराउन नसक्ने बताए ।

कार्यक्रममा नेता राजेश आचार्यले संविधानको रक्षा, स्थायी शान्ति र भ्रष्ट्राचार नियन्त्रण लगायतका विषयमा बस्तुमा कांग्रेसलाई गहन जिम्मेवारी आएको बताए । पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता सचिव शक्तिसिंह ठकुरीको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश सदस्य माला गोतामे लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा सांसद अभिषेक प्रताप शाह, अब्दुल मन्नान खा, वलीउद्दीन मुसलमान लगायतको सहभागिता थियो । कार्यक्रम पछि अभियानका विषयमा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । पार्टी प्रवक्ता ईश्वरी पाण्डेयले एक महिना सम्म चल्ने अभियानमा ९६ वटै वडामा पार्टी प्रतिनिधिहरू खटिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ