- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले व्यापारी अरुणराज सुमार्गीलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले प्रचण्ड निकट मानिएका सुमार्गीलाई अवैतनिक विज्ञ सल्लाहकारमा नियुक्ति गरेका छन् ।
सुमार्गी कृषि उद्यम केन्द्रका सभापति र उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य समेत रहेका थिए । प्रदेश सरकारको मन्त्रीपरिषद्बाटै निर्णय गराएर सुमार्गीलाई नियुक्ति गरिएको छ ।