arrow

जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : प्रकाशमान सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
prakashman-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन् । 

नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उनले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताएका हुन् ।

“कांग्रेस एकमहिने अभियान लिएर जनताको घरदैलोमा गएको छ, जनता र पार्टीका कार्यकर्ताले दिएको राय, सुझावलाई लिएर कांग्रेसले स्थानीय तहको निर्वाचनमा अरु पार्टीसँग गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लिन्छ”, उनले भने ।

नेता सिंहले अहिलेको गठबन्धनको निर्माण कांग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताए । आम नागरिकले सहजरूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उनको भनाइ थियो । 

पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसीसी)का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ