- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले थालेको ‘गाउँ–गाउँ जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत सोमबार झापाको धुलाबारीमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृया कार्यक्रम उद्घाटन गर्दै झापाका लागि खटिएका केन्द्रीय प्रतिनिधि उमेशजंग रायमाझीले कांग्रेस केन्द्रीय समितिले अमेरिकी सहयोग अनुदान एमसीसीबारे जनतामा रहेको भ्रम र यथार्थबारे जानकारी गराउने, स्थानीय निर्वाचन परिणामका लागि कांग्रेसको पक्षमा माहोल बनाउने, पार्टी कार्यकर्ताबीचमा एकता र ऊर्जा अभिवृद्धि गर्ने, विधान बमोजिम कार्यविभाजन गरी सबै कार्यकर्तालाई उचित जिम्मेवारी दिने, नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक तथा आर्थिक उपलब्धिहरु जनतासमक्ष पुर्याउने लगायतका लक्षसहित अभियान थालिएको बताए ।
आगामी चैत २९ गतेसम्म हुने अभियान अन्तर्गत जनताका घरदैलोमा पुगेर स्थानीय निर्वाचनमा आम मतदातालाई मतदान स्थलसम्म पुर्याउने लक्ष्य रहेको रायामाझीले बताए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गत फागुन ३ गते सम्पन्न बैठकबाटै नेपाली कांग्रेसको संगठन सुदृढीकरणका लागि वडा तहमा जिल्ला प्रतिनिधि खटाइसकेको जानकारी दिए ।
महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, वडामा खटिएका जिल्ला प्रतिनिधिहरु, क्षेत्र, प्रदेश क्षेत्र, गाउँरनगर समितिका पदाधिकारी एवं वडा सभापतिहरु र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा कांग्रेसको इतिहास, विधानको व्यवस्था, कांग्रेस नेतृत्वको सरकारले गरेका काम र नेतृत्व एवं संगठन सम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले अभिमुखीकरण कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारेका थिए । अन्तरकृया कार्यक्रम अन्तरगत यसअघि झापा क्षेत्र नं ३ र ५ मा यसअघि नै अभियान सम्पन्न भैसकेको तथा झापा क्षेत्र नं ४ र २ मा आज मंगलबार कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ ।