arrow

नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
Pic PR.jpg

काठमाडौं । मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सोमबार काठमाडौंमा बसेको छ । भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सहसचिव सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलले सो बैठकको सहअध्यक्षता गरे । 

परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे बैठकमा समीक्षा भएको हो । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको छ । कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौती पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् ।  

बैठकका क्रममा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग गरेको प्रति भारत सरकारलाई धन्यवाद दिएको छ । भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयास प्रति खुशी व्यक्त गरेको छ । 

दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकुल पर्ने मितिमा गर्ने सहमति भएको भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ