arrow

स्व सान्तेषमानको पूण्य तिथिमा खुला रेटिङ बुद्धिचाल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
20220313_204722.jpg

काठमाडौं । नेपाल बुद्धिचाल संघका पूर्व सहअध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष सान्तेषमान सिं  प्रधानको ४५ दिनको पूण्य तिथिमा यही चैत २५ देखि २८ गतेसम्म काठमाडौको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा   स्व. सान्तेषमान सिं प्रधान स्मृति खुला रेटिङ  बुद्धिचाल प्रतियोगितामा हुने भएको छ । 

नेपालमा बुद्धिचाल खेल विस्तार र विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका मिलनसार व्यक्तित्व प्रधानको स्मृतिमा हुने प्रतियोगितामा कुल २,३३,१०० दुई लाख तेत्तीस हजार एक सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्मको खेल हुनेछ । प्रतियोगितामा विजेता खेलाडीले ५१, हजार एक सय,  उपविजेताले ३०, हजार तीन सय र तेस्रो स्थान हात पार्नेले २० हजार दुई सय, नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी  चौथोले १५०००, पाँचौ १००००, छैटौंले ९५००, सातौले ९००००, आठौले ८०००, नवौंले ७ हजार र दशौलाई ६ हजार प्रदान गरिने छ । ११ औं देखि १५ औं सम्मलाई ५ हजार नगद पुरस्कार प्रदान दिइनेछ ।
प्रधान परिवारको पनि सहयोग रहने प्रतियोगितामा छात्र, छात्रा र विभिन्न  विधामा गरी ३२ जना खेलाडीले नगद पुरस्कार हात पार्नेछन् । ६ लाख ५० हजार खर्च लाग्ने  प्रतियोगितामा  नेपालका शिर्ष खेलाडीहरु सहित एकसय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुको संयोजकत्वमा टेक्निकल कमिटी, शिरोमणि बज्राचार्यको संयोजकत्वमा स्वयमसेवक उप समिति, यज्ञप्रसाद पन्तको संयोजकत्वमा आर्थिक उप समिति तथा बलराम बस्नेतको संयोजकत्वमा खाद्य तथा आवास र कार्यक्रम संयोजकमा क्लवका सचिव राजु ताम्राकार रहेका छन् ।



नयाँ