arrow

'राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा निर्वाचनमा असर पर्‍यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
prakashmannnfinal.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले योग्य व्यक्तिलाई हेरेर पार्टीले निर्वाचनमा टिकट दिनुपर्ने बताएका छन् । मङ्गलवार काठमाडौंमा नेता सिंहले योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्ने बताएका हुन् । 

स्थानीयवासीसँग भिजेको व्यक्तिलाई टिकट दिँदा निर्वाचन सजिलै जित्न सकिने उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए । “विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा असर पर्‍यो”, उनले भने ।

कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताए।पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने बताए । 

“कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाऊँ, कांग्रेस जिताऊ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्छ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ