arrow

इन्जिनियर एशोसिएशनमा कांग्रेस निकट सिडेनको नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
cden.png

काठमाडौं।  नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) डा हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए । 

यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको समितिले जनाएको छ । 
 
महासचिव पदमा रविभूषण झाले चार हजार २९८ मत पाएका छन् । उपमहासचिवमा सरोज धितालले तीन हजार ६८३ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा दिनेश त्रिपाठीले तीन हजार ६०५ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा दीपक अधिकारी तीन हजार ३४२ मत ल्याई विजयी भएका छन् । 
 
एसोसियसनको सबै सदस्य पदमा पनि लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशबाहेकका छ प्रदेशको एसोसियसनमा पनि लोकतान्त्रिक समूहको नेतृत्व निर्वाचित भएको छ । मधेस प्रदेशका अध्यक्षमा भने नेशनल इञ्जिनीयर्स एसोसियसन नेपालका गौरी पण्डित अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
 
एसोसियसनका निर्वाचित अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका हुन्। वाग्मती प्रदेशमा पनि लोकतान्त्रिक समूहकै रोहिणी पौडेल निर्वाचित भएका छन् ।
 
यसैगरी प्रगतिशील समूहबाट केन्द्रीय अध्यक्षमा डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि छ प्रदेशसहित केन्द्रमा पनि निर्वाचित भएको छ ।
 
एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एसोसियसनबाट इञ्जिनीयर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवार निर्वाचित भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ