arrow

कोठे नियुक्ति गर्ने उपकुलपतिविरुद्ध नेविसंघले फेरि लगायो ताला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
ssfsfdsfdsfvsdf.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) इकाइले डीन कार्यालयमा पुनः तालाबन्दी गरेको छ। त्रिवि उपकुलपतिले अवैधानिक ढंगले प्रक्रियाहरु मिच्दै महत्त्वपूर्ण नियुक्ति गरेको आरोप लगाउँदै नेविसंघले सोमबार डीन कार्यालयमा तालाबन्दी गरेको भए पनि मंगलबार बिहानै प्रशासनले प्रहरीको सहयोगमा ताल्चा फुटाएको थियो । 

डीनको ठाडो निर्देशनमा अनेरास्ववियूलाई प्रयोग गरी आफ्ना मागहरु सुनुवाइ गर्नुको साटो ताल्चा फुटाइएको भन्दै  नेविसंघले फेरि तालाबन्दी गरेको हो । उपकुलपतिले घरैबाटै कोठे नियुक्ति गरी एकाधिकार जमाउन खोजेको र आईओएमको प्रतिष्ठामाथि नै आँच आउने काम गरेकाले उक्त रबैयाका विरुद्ध नेविसंघ आन्दोलनमा उत्रिनु परेको नेविसंघ आईओएम इकाइ सचिव सुमीत बोहराले बताए ।

गल्ती सच्चाउनुको साटो ताल्चा फुटाइएको भन्दै नेविसंघले यसको सशक्त प्रतिवाद गर्ने सचिव बोहराले बताए । प्रशासनले ताल्चा फुटाए पनि सयौँको संख्यामा उपस्थित नेविसंघ आवद्ध विद्यार्थीले पुनः ताल्चा लगाएका हुन् । 

नेविसंघले गल्ती सच्चाउनुको साथै डीन र उपकुलपतिको राजीनामासमेत माग गरेको छ भने माग सम्बोधन नभए अझ सशक्त ढंगले आन्दोलनका कार्यक्रम अगाडि बढाउने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ