arrow

चुनावमा गठबन्धन हुन्छ –मन्त्री झाँक्री  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
ramkumari-jhakri2.jpg
तस्बिर– फाइल

पोखरा । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् । एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने  बताएकी हुन् ।

उनले भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’

गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् । उनले आगामी दिनमा पनि मिलेर सरकार बनाउनुपर्नेमा जोड दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ