arrow

पेट्रोलको दाम १५५, सरकारलाई अझै लिटरमा साढे २८ रुपैयाँ घाटा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
nepal-oil-corporation.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो । 

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । 

मूल्यवृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ । 

मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । 

पेट्रोलको मूल्य बढाउँदा पनि निगमलाई प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा घाटा भएको निगमले जनाएको छ । त्यस्तै डिजेलमा प्रतिलिटर ३२ रुपैयाँ १५ पैसा घाटा भएको पनि निगमले जनाएको छ । 

आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ