arrow

चुनावका बेलामा वडाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
CIAAoffice.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जीतेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अभियुक्तहरूले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आयोगको अनुसन्धानबाट प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो रकमको दोब्बर जरिवाना हुनुपर्ने मागदाबीका साथ आरोपपत्र दायर गरिएको जनाइएको छ । 

आरोपीबाट रु एक लाख दुई हजार ५८५ असुलउपर गराउन आरोपपत्रमा माग गरिएको छ । त्यसैगरी, अनामिका रौनियारबाट रु एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिवाना गर्न तथा कैद सजायको माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ