arrow

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
biden-putin.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो । 

बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ ।’

राष्ट्रपति बाइडनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ । बाइडेनले आवेशमा आएर पुटिनलाई व्यक्तिगत ढंगले गालीगलौजमा उत्रिएको विश्लेषण हुन थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ