arrow

निष्फिक्री काठमाडौंको होली [१३ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
holi-basantapur.jpg

काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ । केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे । 

फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । विसं २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ ।

तर जेसुकै होस् फोहरको लोला पो हानिँदैन त बाँकी त निष्फिक्रीसाथ होली मनाइरहेका छन् उपत्यकामा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ