- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युक्रेनले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिप्टोकरेन्सीको व्यवस्थापन सम्बन्धी कानूनमा हस्ताक्षर गरेका हुन् ।
युक्रेनको संसदले गत महिना स्वीकृत गरेको यो कानूनमा राष्ट्रपति जेलेन्स्कीले बुधबार हस्ताक्षर गरेका हुन् । यो विधेयकले विदेशी र युक्रेनी क्रिप्टोकरेन्सी एक्सचेन्जलाई कानूनी रूपमा सञ्चालन गर्न अनुमति दिने भएको छ ।
अब, युक्रेनमा क्रिप्टोकरेन्सीको कारोबार कानूनी रुपमै हुनेछ । यसअघि नै पनि युक्रेन,रुस, भेनेजुएला लगायतका देशमा क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध भने मानिएको थिएन ।
रुसले आक्रमण गरिरहेका बेला युक्रेनलाई विभिन्न देशबाट करोडौं डलर बराबरको बिटक्वैनलगायतका क्रिप्टोकरेन्सी डोनेट भइरहेको बताइएको छ ।
अहिले विश्वका विभिन्न देशहरुले भर्चुअल सम्पत्ती अथवा डिजिट सम्पत्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा यसलाई कानूनीरुपमा अघि बढाउन थालेका छन् ।