arrow

बैङ्कको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ: अर्थमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
janardan-sharmas.JPG

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैङ्कको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए ।

‘बैङ्कले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैङ्कको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैङ्कलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ 

उनले चाँडै बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए।

त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य शृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए । ‘शोधानान्तर स्थितिमा सुधार हुँदै छ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने ।

उनले ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिए ।
 



नयाँ