arrow

नेपाली क्रिकेटः कसिलो बलिङ फितलो ब्याटिङ, अन्ततः निराश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
cricket-nepal-2022-2222.jpg
तस्बिर– फाइल

काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाको दोस्रो खेलमा पराजय भोगेको छ । नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको हो ।  

शारजहाँको मैदानमा भएको खेलमा नेपाल ४८ रनले रनले पराजित भयो । १६९ रनको सामान्य चुनौती पनि नेपाललाई कठिन पर्यो । नेपाल १२० रनमा आउट भयो । नेपालले ३५.१ ओभर खेलेर १२० रन बनाउन सक्यो । 

नेपालका लागि ६० बलमा ४६ तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ६२ बलमा २८ रन बनाएर आउट भए । कुशल भुर्तेलले ११ रन बनाए । 

यसअघि टस हारेर पहिले फिल्डिङ गरेको नेपालले आकर्षक बलिङ्ग प्रदर्शन गर्यो । जसका कारण यूएई घरेलु मैदानमा ४६.३ ओभरमा अलआउट हुँदै १६८ रनमा समेटियो । 

रोहन मुस्तफा र सी रिजवानले समान ४० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ४, करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए । 

यो हारले नेपालको ब्याटिङ लाइनमा ठूलै समस्या रहेको स्पष्ट भएको छ । पहिलो खेलमा डिभिजन २ को सबैभन्दा कमजोर टिम पीएनजीसँग निकै संघर्षपूर्ण २ विकेटको जित निकालेको थियो । त्यो खेलमा नेपाल हार्दा हार्दै जोगिएको थियो । 

यूएईले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने सामने भएका थिए  । जसमा नेपाल र यूएई दुवैले समान २ पटक जित हात पारेका थिए । तर यो हारले भने यूएई अगाडि गएको छ । 

लिगमा यूएई १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने १० खेलमा १० अंक जोडेर  छैटौं स्थानमा  छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ