arrow

दक्षिण एसियामा सबैभन्दा खुशी मुलुक नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
nepal-map-limpiyadhura-lipu.gif

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले विश्व खुशी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएको छ । 

लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुशी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औँ स्थानमा थियो । दक्षिण एसियाका खुशी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ । 

फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरेल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ