arrow

यस्तो हुनेछ तपाईको यो साता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : राशिफल चैत ६ गते आइतबारदेखि चैत्र १२ गते शनिवारसम्मको हो। एक हप्तामा समग्रमा कुन राशिफललाई कस्तो छ भनी राखिएको छ।

साप्ताहिक राशिफल :

मेष : तपाईलाई यो हप्ता आफन्त व्यक्तिसँग विवाद तथा झगडाको सम्भावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्न बाधा देखा पर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला ।

वृष : तपाईको यो हप्ता अनावश्यक चिन्ताले सताउनेछन् । आफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । यो हप्ता कुनै मुद्दा मामिलामा लाग्नु ठिक छैन, लागियो भने धन र समयको वरवादी मात्र हुनेछ । समय अत्यन्त खराब रहेकाले सतर्क हुनु अति आवश्यक छ । टाढाको यात्रा पनि भरपर्दो नरहने देखिएको छ, सतर्क हुनुहोला ।

मिथुन : यो हप्ता तपाईका लागि सोमबार पानीमा डुब्ने डर रहेको छ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ठ मित्र पनि नगर्ने, कसैसँग वादविवाद र दुस्मनी काम नगरे मात्र ठुलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ ।

कर्कट : तपाईको यो हप्ता एक्कासि आमदानी बढ्ने काम भेटिने छ । जे पेसामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जल खेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मङ्गलवार र बुधवारको समय खराब भएकाले टाढाको यात्रा नगर्नुहोला ।

सिंह : तपाईलाई यो हप्ता व्यर्थ मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रूपमा यो हप्ता कसैकहाँ जानु ठिक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । जताबाट पनि खर्च मात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनै पर्छ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ ।

कन्या : यो हप्ता तपाईको मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । शुक्रवार र आगामी बुधवारको समय शुभ रहनेछ ।

तुला : तपाईका लागि यो हप्ता धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । आफन्तसँग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला ।

वृश्चिक : तपाईका लागि यो हप्ता लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आफ्नो जीत हुनेछ । सोमबार विशेष सतर्क हुनुहोला ।

धनु : तपाईको यो हप्ता आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने सम्भावना पनि त्यत्तिकै छ । खानपिनमा सतर्क आवश्यक, आइतबारदेखि कसैसँग पैसा फिर्ता लिनु छ, भने माग्न गएमा पाइने छ । सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति मिल्नेछ ।

मकर : तपाईका लागि यो हप्ता आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ। मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला ।

कुम्भ : तपाईका यो हप्ता आफन्तसँग मनमुटाब बढ्नेछ । गरेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्ता पर्ने समाचार पनि सुन्नुपर्ने हुनसक्छ । वायु रोगको सिकार हुनसक्ने, मन परेको खानामा पनि गड बढी हुन सक्नेछ । टाढाको यात्रा समेत सुरक्षित नहुने देखिएको छ ।

मीन : तपाईका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाईँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ ।



नयाँ