arrow

पाकिस्तानले आतङ्कवादलाई आर्थिक सहायता नरोकेपछि एफएटीएफको ग्रे लिस्ट कायमै

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत ६ आइतबार
fatf-pakistan.jpg

पेरिस। पेरिसमा रहेको फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई फेरि एक पटक ग्रे लिस्टमा यथावत् राखेको छ। पाकिस्तानले आतङ्कवादलाई वित्तीय सहयोग बढाएको पाइएपछि पाकिस्तानलाई 'ग्रे लिस्ट' मा यथावत् राखेको हो।

पाकिस्तानलाई ग्रे लिस्टबाट बाहिर आउन 'जटिल' कामहरू गर्न आह्वान गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा आवश्यक प्रमाणहरू उपलब्ध गराउन र आतङ्कवादलाई पूर्ण रुपमा रोक लगाउन पनि र आर्थिक सहायता उपलब्ध नगराएको पुष्टि गर्न आग्रह गरिएको छ।

मार्च १ देखि ४ सम्म चार दिने एफएटीए प्लेनरीको समापनपछि पाकिस्तानलाई ग्रे लिस्टमा यथावत् राख्ने निर्णय गरिएको हो। पाकिस्तान जुन २०१८ देखि आफ्नो आतङ्कवाद विरोधी वित्तीय र एन्टि-मनी लन्ड्रिङ व्यवस्थाहरूमा कमजोर देखिएको एफएटीएफको ग्रे लिस्टमा छ। यो ग्रे लिस्टले यसको आयात, निर्यात, रेमिटेन्स, र अन्तर्राष्ट्रिय ऋणमा सीमित पहुँचलाई प्रतिकूल असर पारेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ