arrow

देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी : उपराष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
Nanda-Bahadur-Pun-firta-news.jpeg

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिएका छन् । स्वर्णिम युग फाउण्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजमा सकारात्मक सोचको विकास आजको आवश्यकता हो भने ।

पछिल्लो समयमा देशले वा सरकारले केही गर्न सकेन, राजनीतिक परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तन हुन सकेन भनेर सरकारात्मक र नकारात्मक रुपमा प्रतिक्रियाहरु आइरहे पनि नकारात्मक टिप्पणी बढी हुने गरेको धारणा राख्दै उनले देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी रहेको औँल्याए ।

विभेदरहित समाज निर्माणका लागि राजनीतिक परिवर्तन भएको स्मरण गर्दै उनले अझै चाहिएको कुरा प्राप्त गर्न नसकिएको स्वीकार पनि गरे । आज सार्वजनिक किताबले आत्मानुशासन, पारदर्शिता र समाज विकासका गराउनका लागि उत्प्रेरणा दिने विश्वास उनले व्यक्त गरे । 

उपराष्ट्रपति पुनले संविधानमा नै शिक्षालाई निःशुल्क गर्ने प्रावधान भए पनि व्यावहारिक रुपमा लागू हुन नसकेको र अझै थुप्रै बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको बताए । उपराष्ट्रपति पुनले समान शिक्षा हासिल गर्न हरेकले आआफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी रहेको औँल्याए । उनले त्यस्ता काममा देशभरका सहयोगी मनहरु जोडिने आशा व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ