सशस्त्र प्रहरीद्वारा नेपालगन्ज नाकाबाट साढे १२ क्विन्टल चिनी बरामद
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
815
Shares
नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगन्ज सीमा नाकामा एक गोदाममा लुकाइराखेको ठुलो परिमाणमा अवैध चिनी बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपेन्द्र रोकाय को कमान्डमा गएको टोलीले आइतबार बिहान ११ बजे नेपालगन्ज १६ सीमा नाकास्थित टंकपसेरी गाउँमा एउटा गोदाममा लुकाइराखेको अवस्थामा साढे १२ क्विन्टल चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेतले जानकारी दिएका छन् ।
नेपालगन्ज ल्याउनलाई ठुलो परिमाणमा चिनी एउटा गोदाममा लुकाएर राखिएको छ भन्ने विशेष सूचनाका आधारमा गएको नायब निरीक्षक रोकायको टोलीले उक्त अवैध चिनी बरामद गरेको हो। त्यस्तै चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरीको सोही टोलीले नेपालगन्ज १६ जयसपुरबाट २१ कार्टुन टमाटर र तस्करीमा प्रयोग गरिएका ३ वटा साइकलसमेत बरामद गरेको छ।
बरामद गरिएका साढे १२ क्विन्टल चिनी र २१ कार्टुन टमाटर र साइकललाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले जानकारी दिएका छन् ।