arrow

सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
sadak-2-1.jpg.jpeg

जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । 

बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सीडीई शुभराज न्यौपानेले जानकारी दिए । 

बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चितता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखालाई पत्र पठाएको छ ।

 तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ ।

चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ । केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ