arrow

मोडर्ना खोप लगाएका एकै विद्यालयका १० विद्यार्थी बिरामी

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत ७ सोमबार
moderna.jpg

जनकपुरधाम। धनुषामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका एकै विद्यालयका दस जना विद्यार्थी बिरामी परेका छन् । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ७ मा रहेको मेरी गोल्ड सेकेण्डरी बोर्डिङ स्कुलका दस जना विद्यार्थी खोप लगाउँदा बिरामी परेका हुन् ।

विद्यालयका शिक्षक इन्द्रदीप साहका अनुसार अत्यधिक टाउको दुख्ने, रिङटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस हुने जस्ता लक्षण उनीहरूमा देखिएको छ । सिकिस्त विद्यार्थीहरू ६ कक्षाभन्दा माथिका रहेका छन् । आइतबार दिउँसो विद्यालयका झण्डै ३ सय विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको थियो ।
 
शिक्षक साहले भने,'सोमबार बिहान १० बजे विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भए । जसमध्ये १० जना बढी सिकिस्त छन् । ४ जना विद्यार्थी स्थानीय स्तरमै उपचार पश्चात् घर फर्किसकेका छन्।'

धनुषाधाम नगरपालिका वडा नम्बर ८ का हेल्थपोस्टका स्वास्थ्यकर्मीले विद्यालय पुगेर विद्यार्थीहरूलाई खोप लगाएको थियो । विद्यार्थीहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ। विद्यार्थीहरूमा त्रासका कारण मास हिस्टेरिया भएको हुनसक्ने अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल भर्ना भएपश्चात् अहिले सबैको अवस्था सामान्य रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ