arrow

एसएसपीबाट राजीनामा दिँदै गोविन्द साह कांग्रेसबाट मेयरमा लड्दै

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत ८ मंगलबार
govinda-sah-dhanusha-congress.jpg

जनकपुरधाम । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द साहले राजीनामा दिएका छन् । गत फागुन १० गते साहले दिएको राजीनामा स्वीकृत भइसकेको छ । जागिर अवधि अझै १३ महिना जति बाँकी रहँदा साहले राजीनामा दिएका  छन् ।

साहले हाम्राकुरासँग भने, ‘हो मैले राजीनामा दिएको हो ।’ हाल गृहजिल्ला धनुषामा रहेका साहले २०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा थालेका थिए । उनको प्रहरी निरीक्षकका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा रहेका छन् । बैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

साहले नायब महानिरिक्षक (डीआईजी) मा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएको जानकारी दिएका छन् । साह २०७७ पुसमा एसएसपीमा बढुवा भएका थिए ।

आसन्न स्थानीय चुनावमा धनुषाको विदेह नगरपालिकामा साहले पालिका प्रमुखमा उठ्ने तयारी गरिरहेका हुन् । साहले चुनावको तयारीमा लागिरहेको समेत बताए । 

‘मेयरमा उठ्ने तयारी गरिरहेको छु’, साहले भने आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरिरहेको पनि जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ