वीरगञ्ज । ‘बेटी पढाऊ, बेटी बचाउ’ को नारा दिएर छोरीको नाममा साइकल पचाएको अभियोगमा मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्म कुनै कारबाही अगाडि नबढाएता पनि नेपाल खानेपानी संस्थानले भने कारबाही अगाडि बढाएको छ ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जले मुख्यमन्त्री लालबाबु राउत गद्दीका बाबु दशरथ राउत गद्दीको नाममा रहेको खानेपानीको लाइन काटिदिएको छ । मुख्यमन्त्री राउतको निजी निवास वीरगञ्ज महानगरपालिका वडा नं १३ स्थित रहेको घरको लाइन काटिएको हो ।
प्रदेशभर सुशासन कायम गराउँछु भनेर सपथ लिएका मुख्यमन्त्री राउतका बुबाले खानेपानी संस्थानलाई एक लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता तिरेका छैनन् । बक्यौता नतिरेपछि लाइन काटिएको खानेपानी संस्थानले स्पष्ट पारेको छ ।