arrow

कांग्रेस नेता रुवालीलाई प्रवक्ताको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
Tilak Ruwalu.jpg

धादिङ । नेपाली कांग्रेस धादिङका नेता तिलक रुवाली नेपाली कांग्रेस बागमती प्रदेशको प्रवक्तामा मनोनित भएका छन् । केही दिन अघिमात्रै पार्टीको प्रदेश सदस्यमा मनोनित भएका नेता रुवालीलाई पार्टी सभापति ईन्द्रबहादुर बानियाँले प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।

नेता रुवाली पार्टीको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको निर्वाचनमा महामन्त्रीमा पराजित भएका थिए ।

यसैबीच नेता रुवालीले आफूलाई प्रदेशको सदस्यसंगै प्रवक्ताको जिम्मेवारी प्रदान गरेकोमा सभापति बानिया र कार्यसमितिप्रति आभार प्रकट गरेका छन् ।

साथै उनले आफूले पाएको जिम्मेवारी कांग्रेसको विधान, परम्परा र मान्यतालाई शिरोधार्य गर्दै पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ