arrow

राष्ट्रपति भण्डारी पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
Bidhya-Devi-Bhandari.jpg.jpeg
फाइल तस्वीर

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने भएकी छन् । उनी चैत १४ गते पोखरा आउने भएकी हुन् । पोखरामा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति पोखरा आउने भएकी हुन् ।

सम्मेलन पोखरा सभागृहमा हुने पोखरा महानगरपालिकाकी उपमेयर तथा कार्यक्रम संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् । न्यायिक समितिको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले स्थानीय तहमा कसरी न्यायसम्पादन गरिरहेका छन्, यसका सफल पक्ष र चुनौतीका बारेमा एकै थलोमा छलफल गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको संयोजक गुरुङले बताइन् ।

न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरुबारे अनुभव साटासाट गर्दै कमीकमजोरीहरु सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनिक गरिने उनले बताइन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ