arrow

डिल्ली गिरी बाँके कांग्रेसको पहिलो जिल्ला सदस्य मनोनित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
delhi-giri-congress-banke.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको सदस्यमा डिल्ली गिरी मनोनित  भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ नेपाली कांग्रेस बाँकेका निवर्तमान सचिव एबं क्षेत्रीय प्रतिनिधि गिरीलाई जिल्ला सदस्य पदमा जिल्ला सभापति नारायण प्रसाद गौडेलले मंगलबार मनोनित गरेका हुन्  ।

हाल ४१ जना कार्यसमिति सदस्य रहेको जिल्ला समितिलाई पूर्णता दिन सबैभन्दा पहिले गिरीलाई सदस्य पदमा  मनोनित गरिएको सभापति गौडेलले बताए । विधान अनुसार अब सभापतिले ७ जना मनोनित गर्न सक्नेछन् । 

सदस्य पदमा  मनोनित भए पश्चात् गिरीले संगठनप्रतिको जिम्मेवारीमा कतिबद्ध भएर लाग्ने बताए । सभापति गौडेलका अनुसार अन्य बाँकी सदस्य पदमा केही दिनपछि मनोनित गरिने भएको छ ।

सभापति गौडेल कार्यसमितिमा उपसभापतिमा गोपाल अधिकारी र कृष्ण कार्की निर्वाचित भएका हुन् भने सचिवमा सुधांशु कोइराला र सन्जु कुमारी थारु रहेका छन् । त्यस्तै सह(सचिवमा बिनोद थारु र रेनु सिंह ठाकुर रहेका छन् ।



नयाँ